Sunday 18th January 2026

कविताः आमाको मुहार -नारायण कोइराला


आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै
आफनो हातमा लागेको माटो धोएर
मेरो बाबुलाई फोहोर नहोस् भन्दै
आफू एक छाक खाएर मेरो पेट भर्दै ।।

म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर
मलाई काखमा हल्लाई झन बढी हँसाउने
म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने
काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।।

मलाई ठूलो बनाउन अती दुःख कष्ट झेल्दै
जस्तो सुकै अपत आपत आएपनि संघर्ष गर्दै
मलाई पढाई लेखाई ठूलो बनाएर
धर्तीमा जन्माएर जवानी सम्म पुराएर ।।

हे मेरी आमा म कसरी तिर्न सक्छु र
दस् धारा दूधको त्यो अमूल्य मूल्य
कल्पना पनि त गर्न सकिन्न अामको कर्जा
सधै हँसाउन सकु यही छ ,मेरो संकल्प ।।

बुढेसकालमा हजुरको आशु जमीनमा नखसुस
कहिल्यै पनि नहोस् हजुरलाई दुःखको महसूस
हासेको अगानिको डिलमा सधै देख्न सकूँ
आमा मेरी खुसी हुनुहुन्छ भनी म महसूस गरु ।।

यसपाली आएर सामुन्ने बसि मुख हेर्ने मन थियो
कोरोना महामारीले सपना अधुरो बनायो
चिन्ता नलिनुस् आमा भिडियोमा हजुरको अनुहार हेर्न पर्ने भयाे
आमाको मुख हेर्ने दिन यसरी मनाउन पर्ने दिन आयो ।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...