Thursday 28th March 2024

कविताः गजब छ सरकार -नारायण कोइराला


धप, धप जल्दै छ धर्ती
आँसु र रुवाइको सामना गर्दै
खुल्ला जेलभित्र छट्पटीदै
कति बेला आउँछ कालको
निम्तो आफैले पर्खिएर
न हाँस्न सक्ने अवस्था छ
न बाँच्न सक्ने व्यवस्था
आफ्ना, आफ्ना छैनन
समय परिवेश नै यस्तो छ
सबै,सबैको सामुन्नेमा
छलिएर हिड्न पर्ने अवस्था छ
न कसैको हुन् सकिने
न कसैलाई सहयोग गर्न सकिने
हे!दुनिया कस्तो भयाे
आफ्नै आत्मा आफैं रुवाउने
मृत्युको मुखमा पुगे पनि
जल्न ठाउँ खोज्नु पर्ने
यो विचित्रको अवस्था
चीता माथि आगोको मुस्लो
धर्ती रगाउँदै छ

तर गजब छ यहाँ

यस्तो बेलामा पनि
राजनीतिक रोटी सेक्नु छ
कहाँ कसरी जनता जोगाउने होइन
सरकार जोगाउने होडबाजी छ
जनता रोडमा बन्द ,कोठामा रुदैछ
हे! सरकार अलिकति सरम गर
अहिले राजनीति होइन
जनता बचाऊ तिर लाग
यदि यो अवस्थामा जनताको
भएनौं भने चाहिँदैन यो राजनीति हामीलाई
केही त समय अनुसार चल
सबैको आँसु झार्ने होइन पुछ्ने कोसिस गर
गजब छ!सरकार भन्न पाइयोस्
धिकार छप, भनी तिम्लाई सराप्न नपरोस्।

नारायण कोइराला
तानसेन पाल्पा
हालः यूएई ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...