Monday 3rd August 2026

लघुकथाः समाजका ब्वाँसाहरू -सविता के.सी.


बेरोजगारीको समस्या समाधान गर्न युवाहरू परदेश जाने गरेका छन् । यसै मध्येका युवा हुन् बिमल। उनकी श्रीमती रसिला दुई सन्तानकी आमा । सुन्दरी अनि सुशिल पनि ।
आम नेपालीकाे अवस्था उनकाे घरमा पनि अाइपरेकाे थियाे । समाचारहरूमा धेरै सुन्नमा आएका थिए । श्रीमान परदेशिएका बेला श्रीमतीहरू अरुसँग भागेका कथाहरू । रसिलाका श्रीमानले आफ्नो बाध्यता बुझाउने गरेका थिए । रसिलाले समझदार पतिको मर्म बुझेकी छिन् । उनी आफ्नाे सतित्वमा पनि अडिक छिन् ।

रसिलाकाे श्रीमान परदेश लागेकाे दुई वर्ष पुगिसकेकाे छ । अझ एक वर्षपछि मात्र उनकाे घर फिर्ने कुराे छ । उनी परदेशमा गएर कमाउँछन् र त परिवारको गाडी चलेको छ।

रसिलाकाे यौवन र त्यसमाथि परदेशिएको श्रीमान देखेर विष्णुराजकाे आँखा बल्नुसम्म बलेकाे थियाे । सिधै फकाउन नसकेपछि उसले उपाय निकाल्यो।
उसले एकजना याेगीलाई आर्थिक प्रलोभन देखाई ऊ मार्फत भविष्य हेराउने निहुँले रसिलालाई फकाउन खाेज्यो । याेगीले पनि विष्णुराजकाे कुरामा आएर रसिलालाई भन्यो – हेर्नुस् बैनी , तपाईको ग्रह निकै उल्का छन् । यो ग्रह साम्य भएन भने श्रीमानलाई उच निच हुन सक्छ त्यसैले एउटा उपाय सुझाउँछु म ।

ऊ एकपटक त झसङ्ग भई अनि सम्हालिदै सोधी ।

योगीले भन्यो -“तपाईँले अरु कुनै पुरुषसित सम्बन्ध बढाउनुभयाे भने श्रीमानको बिग्रेको ग्रहमा ग्रह सुधारीन्छ र तपाईं र सन्तानकाे भविष्य उज्ज्वल र सुखमय पनि हुनेछ ।

आफ्नाे वर्तमान र भविष्यको कुनै ठेगान नै नभएको योगीलाई भनिन् – म १८ औ सताब्दीकी नारी होइन बुझ्नु भयो महाशय ? २१ औ सताब्दीकी पढेलेखेकी नारी हुँ । मलाई तपाईको यो ज्योतिषीमा कुनै भरोसा लाग्दैन। यो बताउनुहोस् , तपाईं योगी किन बन्नु भयो ? बोल्न नपाउँदै ऊ टाप कसिसकेको थियो उता असफल भएको बिष्णुराज अर्को दाउ बुन्दै थियो।

-सबिता के.सी.
काठमाडौ दक्षिणकाली फर्पिङ ।


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...