Wednesday 16th September 2026

कुशल भुर्तेलले लगाए चौथो अर्धशतक


नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो ।

१३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस खड्कासँगै शीर्ष स्थानमा छन् । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् । यही सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले एउटै सिरिजमा चार अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि उद्घाटन खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन प्रहार गरेका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए । त्यसपछि नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले ६२ रन नै बनाए भने लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध १६ रन बनाएर आउट भएका थिए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...