Sunday 18th January 2026

धर्मिला कार्कीको गजल संग्रह – १९


बहर::मीर
मात्रा: १६
काफिया बन्धन: आल्यो

बाँच्ने रहर रहेछ अँगाल्यो
माउसुलीले पुच्छर फाल्यो।

जब आगोमा खस्यो नि पुतली
मर्ने डरले निकै अताल्यो।

चारो टिपि आएको चरिले
गुँड नजिकैको शत्रु नियाल्यो‌

घैटो पिधको पानी पिउन
कौवाले क्या जुक्ति निकाल्यो।

जीवनको मायाले गर्दा
यहाँ कसैले बचाउ थाल्यो।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

प्रतिकृयाहरू
...