Wednesday 8th April 2026

धर्मिला कार्कीको गजल संग्रह – १९


बहर::मीर
मात्रा: १६
काफिया बन्धन: आल्यो

बाँच्ने रहर रहेछ अँगाल्यो
माउसुलीले पुच्छर फाल्यो।

जब आगोमा खस्यो नि पुतली
मर्ने डरले निकै अताल्यो।

चारो टिपि आएको चरिले
गुँड नजिकैको शत्रु नियाल्यो‌

घैटो पिधको पानी पिउन
कौवाले क्या जुक्ति निकाल्यो।

जीवनको मायाले गर्दा
यहाँ कसैले बचाउ थाल्यो।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...