Thursday 8th October 2026

“कबड्डी”अभिनेत्री रिश्मा गुरुङको ‘‘क्रसरोड्स-कथा तिम्रो र मेरो” छायांकनमा


तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ ।

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइ सकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसंगै अभिनय रहनेछ ।

फिल्ममा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । फिल्ममा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...