Wednesday 8th April 2026

सुशीला ढकाल अधिकारी ‘श्री’ को गजल संग्रह – १


बहर : मुसाकिल
२१२२ १२२२ १२२२

कुर्नु कुर्दै बसेँ सम्झेर मीठो पल ।
दुष्ट बन्दै यहाँ गर्छौ तिमीले छल ।

बुझ्नलाई नसक्ने बुद्धु नेपाली,
दुःखले काम गर्दा मिल्छ मीठो फल ।

वाध्यताले गयो छोरो घरै छोडी
साहुको ब्याजले बाबा भए दुर्बल ।

आपसैमा सबै पक्कै मिलीकन नै
स्वास्थ्यको लागि हामी शुद्ध पारौँ जल ।

विश्वको सामु ठूलो मान्नु नै पर्छ
दुःख गर्दै बनौँ साहित्यमा अब्बल ।

-सुशीला ढकाल अधिकारी ‘श्री’
काठमाडौं
हाल :- गोर्खा


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...