Friday 20th March 2026

कविताः होली-लोकको बोली – छन्दःलोकको प्यारो साथै देवकोटाको (झ्याउरे) -हरि शर्मा (सुवेदी)


होली पूर्णिमाको सबैमा शुभकामना!

संस्कार अनि संस्क्रति थाम्न सिपालु नेपाली
अनेक पर्व ठुला र साना मान्दछन् गोर्खाली
बसन्त आयो कोइली गायो सर्वत्र उज्यालो
रुखमा पनि पालुवा लाग्यो सुनौलो जीवनी ।🌷🙏🌺

आएछ होली लोकको बोली मायामा नाचौँला
मायाकी साक्षी मायालु राखी साथमा हाँसौला
मायालु मेरी टाढा छिन् ऐले खबर छाडौँला
अन्लाईन् तिर आऊ है सानु डाक्दछु यो बेला ।🌷🙏🌺

सम्झना आयो यो मुटु खायो पुरानो कुराले
होलिको दिन रमाइलो छिन बितेको मजाले
मन मेरो रोयो कसरी छोयो शनिको दशाले
रिसाए शनि जा मूर्ख टाढा पाताल खसाले ।🌷🙏🌺

जान्दैनन् यहाँ बसेका मान्छे होलीको महत्व
पैसामै जान्छ सारा दिन बित्छ पैसाकै महत्व
जमाना आज अनौठो आयो संस्कार हरायो
लोकमा मान्छे आधुनिक बनी सर्वस्व गुमायो ।🌷🙏🌺

मान्छेको भित्र लुकेर बस्ने दुइटा भाव छन्
देउता अनि दानब भनी मान्छेले चिन्दछन्
नराम्रा भाव राक्षस भए राम्रा छन् देउतााका
खराब कुरा अग्निमा राख्ने रूपमा होलिका ।🌷🙏🌺

 

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...