Saturday 17th October 2026

गायक रामकुमार कार्की र कमला खड़काको “ओई काली” सार्वजनिक (भिडियो सहित)


तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक थियो ।

गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ भने लय गायक स्वयम् र शब्द रुपेश दानिको रहेको छ । “ओई काली” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

त्यस्तै भिडियोमा अभिनय रबिना अधिकारी र रुपेश दानीको रहेको उक्त भिडियोलाई निर्देशन रामचन्द्र बोहरा, छायांकन नबिन घिमिरे र सम्पादन बिनोद बमको रहेको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...