Friday 20th March 2026

कविताः संस्कार सभ्यता – लोक छन्द : झ्याउरे( (देवकोटा प्रिय) -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


जिउनु मात्र जीवन भए जीवन हरे के
पछिको आशा नभएदेखि यो जीवन हरे के ?- देवकोटा

येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः ।
ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।।

जसकोसाथ न विद्या छ । न ज्ञान, शील स्वभाव, दान, धर्म तप, संस्कार र संस्कृतको ज्ञान छ । त्यस्ता व्यक्तिहरू यो भूमिको लागि भार हुन् र यो मृत्युलोकमा मृग जस्तै दुईखुट्टे पशु भएर डुलिरहन्छ्न् ।

नराम्रा राम्रा मान्छेको मन साँच्दछ भावना
असल मात्र भावना राखौँ हामीले आत्मामा
संस्कार अनि संस्कृतिसाथ सभ्यता बस्दछ
पशुको खासै संस्कार छैन ज्ञानीले बोल्दछ ।🌷🙏🌺

खाने र प्युँने हिँड्ने र डुल्ने पशुको आदत
मैथुन गरी सन्तान देख्छौँ जन्मेका प्रशस्त
चेतना छैन अज्ञानी पशु खानामा व्यस्त छ
मुखमा दाना उसको पर्‍यो खुशीले लट्ठ छ ।🌷🙏🌺

हामीले देख्छौँ प्रशस्त त्यता लडाइँं पशुको
रिसकोसँग लिएका साँढे बलिका बोकाको
बेहोरा त्यस्तै राख्दछ मान्छे पशुमा सामेल
आहारसाथ बिहार मिल्दा पशुमा दाखिला ।🌷🙏🌺

मनका दुवै भावको साक्षी शिवले बस्दछ्न्
रिसाहा कतै बौलाहासरि दाण्डव नृत्य छन्
पशुकोसाथ पशुका पति बन्दछ्न् लट्ठ छ्न्
नराम्रा राम्रा भावको प्रति समान शिव छन् ।🌷🙏🌺

कल्याणकारी पुन्यात्मा पनि शिवका रूप छ्न्
नराम्रा कुरा नक्कली मान्छे धतुरो खोज्दछ्न्
शिवको पूजा शान्तिकोसाथ त्यसको आव्हान
लोकमा शान्ति साथमा गरौँ बोल्दछ्न् सज्जन ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...