Saturday 5th July 2025

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आइपुग्यो


तितोपाटी- स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले नेपाललाई उपलब्ध गराएको पहिलो चरणको कोरोना भाइरसबिरुद्धको खोप नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार खोप आइतबार मध्यान्न आइपुगेको हो । खोप ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी त्रिभुवन विमानस्थल पुग्नु भएको छ । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३ लाख ४८ हजार डोज खोप आइतबा आइपुग्ने जनाएको थियो ।

गाभीले नेपाललाई सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभ्याक्स ३० लाख डोज नि:शुल्क घोषणा गरेको थियो । यो खोप नेपालका २० प्रतिशत नागरिकलाई पुग्ने मात्रा हो ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज खाेप अनुदान स्वरुप दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...