Sunday 27th September 2026

कोभ्याक्सले दिएको खोप आज नेपाल आइपुग्ने


तितोपाटी- कोभ्याक्सअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ । आज बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आउन लागेको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नै कोभ्याक्स सुविधाअन्तर्गत आउन लागेको हो ।
डब्लूएचओले नेतृत्व गरेको कोभ्याक्स कार्यक्रमअनुसार यो सहायताको खोप हो । कोभ्याक्स डब्लूएचओले अनुदानस्वरूप विश्वका विभिन्न देशहरूलाई खोप उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...