Sunday 6th July 2025

कमला भण्डारी ढकालका ५ मुक्तकहरू


१)
यी भ्रष्टचारीको शैयाको नाप कति धेरै होला ।
मनामा तड्पन टाउकोमा राप कति धेरै होला ।
स्वार्थको कुर्सीमा देशको नक्सा खोल बनाए,
जनताको श्राप र आफ्नो पाप कति धेरै होला ।

२)
बा-आमाको आशीर्वाद आफ्नाको माया भएपछि ।
वरपिपलको चौतारीमा ओत लाग्ने छाया भएपछि ।
हजारौं चोट खाएरै सहि मिल्छ हिम्मत लक्ष्य पुग्ने,
जीवनको यात्रामा इश्वर दायाँ,तिमी बायाँ भएपछि ।

३)
निस्वार्थ थ्यो प्रेम हुन्थेन मन भिन्न खुट्टा तानेर ।
थाहै थिएन मन भैदिन्छ र खिन्न खुट्टा तानेर ।
मनमौजी गर्थ्यौ बचपन एकअर्कामा मर्थ्यौ,
अहिले भने खोज्छ साथी उछिन्न खुट्टा तानेर।

४)
प्रेमको रङ्गमा भिजेर साधा बन्नुछ मलाई ।
र तिम्रो जिन्दगीको आधा बन्नुछ मलाई ।
आखामा सजाउ,मुटुमा लुकाउ तिम्रो मर्जी
न रुक्मेणी न मिरा बस् राधा बन्नुछ मलाई ।

५)
प्रेम देखाएर मालिले बेप्रवाह बेचिरह्यो ।
र जिन्दगीमा अर्कैको मनमौजीले रेटिरह्यो ।
सियो रोप्यो मुटुमा बन्धक बन्यो मालामा,
यसरी फूलले “फूल” हुनुको पीडा खेपिरह्यो ।

 

-कमला भण्डारी ढकाल
हाल :- इजरायल


सम्बन्धित शीर्षकहरु

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

प्रतिकृयाहरू
...