Wednesday 30th September 2026

कुवेतमा सरकारी निकायमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले भिसा फेर्न पाउने


तितोपाटी- कुवेत सरकारद्वारा सरकारी निकायको मातहतमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले निजी क्षेत्रमा काम गर्नका लागी भिसा फेर्न सक्ने भएका छन।

उक्त निर्णय हालको स्थितिमा श्रमबजारको आवश्यकतालाई ध्यानमा राखेर जारी गरिएको कुवेत प्राधिकरण (पीएएम) ले बताएको छ।

यस निर्णयको दफा २ ले सरकारी एजेन्सीहरू र सार्वजनिक संस्थाहरूमा काम गर्ने प्रवासीको आवासीय फेर्न र पारिवारिक भिसा लिएकाहरूलाई निजी क्षेत्रमा काम गर्नका लागि अर्को सूचना जारी नभएसम्म भिसा फेर्न कार्यान्वयन गरिने (पीएएम) महानिर्देशक अहमद अल-मौंसा द्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ।

अल-मौंसाले थपे “यस निर्णयमा साना तथा मझौला उद्यमका कामदार र सरकारी सम्झौतामा दर्ता हुने व्यक्तिलाई समावेश गरिएको छ। नयाँ निर्णयको अनुसार, जसले साना र विभिन्न उद्यमका कामदारहरुलाई भिसा फेर्न गर्न मद्दत पुर्‍याउनेछ।

नयाँ निर्णयले छ वटा मुख्य क्षेत्रहरू भित्र रहेका सबै क्रियाकलापहरूमा कार्यरत प्रवासी कर्मचारीहरूलाई अनुमति दिने भएको छ : उक्त अनुमती प्राप्त गर्नेहरु मध्यमा, उद्योग, कृषि, माछा पालन, सहकारी संस्था, पारिवारिक भिसा लगायतहरूलाई निजी क्षेत्रमा काम गर्नका लागि अर्को सूचना नभएसम्म अनुमति दिएको, कुवेतबाट प्रकाशित अरबटाइम्सले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार…

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
…

प्रतिकृयाहरू
...