Saturday 31st October 2026

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल मार्च ७ देखी पुन: संचालनमा आउने


तीतोपाटी- कुवेत नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले आगामी ७ मार्च देखि अन्तराष्ट्रिय विमानस्थल पुनः २४ घण्टा सुरु गर्ने घोषणा गरेको छ।

कुवेतमा बढ्दो कोरोना भाइरस संक्रमणको कारण रोकिएको  आन्तरिक हवाई उडान पुन संचालन गर्ने हवाई यातायात विभागका निर्देशक, नागरिक उड्डयन विभागका महानिर्देशनालयका अब्दुल्लाह अल-राजीद्वारा दिनको २४ सै घण्टा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल खोल्न परिपत्र जारी गरिएको बताएका छन।

राष्ट्रिय उड्डयन सेवाका महाप्रबन्धकलाई सम्बोधन गरिएको उक्त परिपत्र अनुसार आगामी मार्च ७ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको आजको अल-कबास दैनिकमा खबर छ।

केही दिन देखि बढ्दो क्रममा रहेको कोरोना भाइरसले गर्दा कुवेत सरकारले गत शनिवार देखि कुवेतमा आगमन हवाई उडानबाट हुने आवागमन सेवाबन्द गरेको छ । त्यस प्रति बन्द संगै बिश्वबाट कुवेत हुने सबै उडान बन्द अवस्था रहेका थिए।

नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले विश्वबाट कुवेत आउन चाहाने आप्रवासी सबैलाई बिस्तारै सहज वातावरण बनाउदै जाने बताउँदै कुवेत आउदा कोरोना भाइरस फैलावट रोक्न गर्नु पर्ने सबै सावधानी पूर्ण पालाना गरेर मात्र आउन सकिने जनाएका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले…

डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले…

लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा…

प्रतिकृयाहरू
...