Monday 7th September 2026

अलमुजैनी एक्सचेन्जले कुवेत भरि ११२ शाखाहरूबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) सेवा दिंदै


तीतोपाटी – अलमुजैनी एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेत भरी ११२ साखाहरु बिस्तार गरेको छ भने सबै ११२ शाखाबाट नेपालमा विप्रेषण सेवा दिने भएको छ ।

अलमुजैनी एक्सचेन्जले एक प्रेस विमोचन जारी गरि नेपाली सेवाग्राहीलाइ लक्षित गरि “जहाँ तपाइ त्यहाँ अलमुजैनी एक्सचेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनी एक्सचेन्ज” विशेष योजनाको साथ अघि बढेको छ भने अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकको सुविधालाइ ध्यानमा राखी कुवेत देखि ११२ शाखाहरूबाट नेपाली ग्राहकहरूलाइ सर्वसुलभ रूपमा रेमिट्यान्स सेवा दिने ब्यवस्था मिलाएको जनाएको हो ।

अलमुजैनी एक्सचेन्जबाट पैसा पठाउँदा नेपालको नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त सबै बैंकहरुमा वैधानिक माध्यमबाट नेपाली विप्रेषणकर्ताहरूले प्रतिस्पर्धात्मक बजार भाउ, कम सेवा शुल्कमा परिवारजनलाइ पैसा पठाउन सक्ने छ्न । अल्मुजैनी एक्स्चेन्ज कुवैतले नेपालका ठुला बैंकहरु-प्रभु बैंक/ग्लोबल आइ-एम -इ बैंक, मेघा बैंक, नबिल बैंक जस्ता ठुला रेमिटेन्स बैंक/कम्पनिहरु सँग विप्रेषण ब्यवसायिक साझेदारी गरेको छ भने ग्लोबल रेमिट(ग्लोबल आइ एम इ बैंक), सिटी एक्सप्रेस, प्रभुमनि को २०००० भन्दा धेरै भुक्तानी साखाहरुबाट नेपालमा सेवाग्राहीले सजिलै रेमिट्यान्स भुक्तानि लिन सक्ने छन ।

त्यस्तै अलमुजैनी मोबाइल एप मार्फत घर-अफिस जहाँसुकैबाट पनि अनलाइ सेवा मार्फत नेपालमा केनेट कार्ड भुक्तानी सिस्टमबाट सेवाग्राहीले परिवार-पृयजनलाइ रेमिट्यान्स ट्रान्सफर गर्न सक्नेछ्न । सेवाग्राहीले अलमुजैनी एक्सचेन्जबाट विदेशी तथा नेपाली मुद्रा सटही गर्न पनि सक्नेछन ।

अलमुजैनीका मुख्य शाखाहरूबाट सेवाग्राहीले नेपाली कर्मचारीबाट सेवा लिन सक्ने छ्न । नेपाली विप्रेषण ग्राहकको चाहनालाइ मध्यनजर गर्दै निकट भविष्यमा थप रेमिट्यान्स सेवा सुबिधा दिने कामहरु अघि बढिरहेको अलमुजैनी एक्सचेन्जले सेवाग्राहीलाइ यसै प्रेस विमोचन मार्फत जानकारी गराउँदछ ।

 

 

 


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...