Wednesday 30th September 2026

कुवेतमा लम्जुङका लालबहादुर गुरुङको मृत्यु


हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो।

नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा ११ बर्ष देखि कार्यरत गुरुङको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। मृतक कानुनी हैसियतमै रहे पनि उनलाई यात्रा प्रतिबन्ध रहेको र दूतावासको सहयोगमा घर फर्काउनको लागि यात्रा प्रतिबन्ध फुकुवा गरे पनि फर्काउन सकिएन।” सिलवालले थपे”कम्पनी र मृतकको परिवारसंग समन्वय गरि आबश्यक कानुनी प्रकृया पूरा गर्ने तर्फ दुताबास लागि सकेको छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...