Tuesday 27th October 2026

कुवेतमा लम्जुङका लालबहादुर गुरुङको मृत्यु


हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो।

नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा ११ बर्ष देखि कार्यरत गुरुङको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। मृतक कानुनी हैसियतमै रहे पनि उनलाई यात्रा प्रतिबन्ध रहेको र दूतावासको सहयोगमा घर फर्काउनको लागि यात्रा प्रतिबन्ध फुकुवा गरे पनि फर्काउन सकिएन।” सिलवालले थपे”कम्पनी र मृतकको परिवारसंग समन्वय गरि आबश्यक कानुनी प्रकृया पूरा गर्ने तर्फ दुताबास लागि सकेको छ।”


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...