Wednesday 7th January 2026

संगीतकर्मी मिन गुरुङको सुन्तलाको फुल सार्वजानिक(भिडियो सहित)


तितोपाटी- संगीतकर्मी मिन  सुन्तलाको फुल नामक गीत सार्वजानिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल रियालिटी शोमा संलग्न संगीतकर्मी हुन् ।
सुन्तलाको फुल नामक उक्त गीतको भिडियोलाई पछिल्लो समय धेरैले मन पराएका निर्देशकद्धय लक्ष्मी बर्देवा र जिवन भट्टराईले गरेका छन् । गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट प्रालीबाट गत विहिबार सार्वजानिक भएको हो ।
अन्तर्रजातिय प्रेम कथासमेत समेटिएको गीतको भिडियोको सहनिर्देशन सागर दाहालले गरेका हुन् भने बुद्ध थापाको छायाँकन रहेको छ । गायक मिन  गुरुङ र निर्देशक लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । इनाक्षी इन्टरटेनमेन्ट प्रालीले सार्वजानिक गरेको सुन्तलाको गीतको भिडियो लक्ष्मी बर्देवाका वेजोड अभिनय हेर्न सकिन्छ भने उनलाई साथ दिएका मोडल मिन गुरुडको अभिनयलाई पनि दर्शकहरुले निकै मन पराएका छन् । गीतको लोकप्रियता सामाजिक सन्जालमा छाएका अडियो भिडियोहरुले पुष्टि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...