Saturday 5th July 2025

ज्यान गुमाएका श्रमिकको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदै


तितोपाटी- वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे मलेसियाबाट नेपालको लागि छुट्नेछ ।

वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

नेपाल एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदेशमा अलपत्र परेका शवहरु ल्याउन लागेको प्रवक्त श्रेष्ठले बताइन् । यद्यपि प्रक्रिया अन्यौलमा रहँदा अझै पनि कयौं शव नेपाल ल्याउन समस्या भइरहेको बताइएको छ ।- रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...