Thursday 1st October 2026

प्रचण्ड-नेपाल समुहको आज काडमाडाैंमा शक्ति प्रदर्शन


तीतोपाटी – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। पुष्पकमल दाहाद प्रचण्ड र माधवकुमार नेपालको समूहले आज विभिन्न ठाउँबाट विरोध जुलुस निकाली रत्नपार्कमा सभा आयोजना गर्ने भएको छ । राजधानीका ९ ठाउँबाट विरोध जुलुस निकाल्ने तयारी प्रचण्ड–नेपाल समूहको रहेको छ । विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

विभिन्न स्थानबाट निकालिने जुलुसको अगुवाइ गर्नका लागि उच्च तहका नेताहरुलाई खटाइएको छ । विहान १०:४५ सम्म तोकिएका आर्कमा पुग्न नेता कार्यकर्ताहरुलाई उर्दी जारी गरिएको छ ।

विरोध जुलुस र सभामा सहभागी गराउनेका लागि काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत नेता, कार्यकर्ताहरुलाई बोलाइएको छ सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

आजको शक्ति प्रदर्शनमा विभिन्न ९ स्थानबाट जुलुश निकालिने छ भने हरेक ठाउँबाट निस्कने जुलुशमा विभिन्न नेताहरूले नेतृत्व गर्नेछन् ।

माइतीघरबाट शुरू हुने जुलुशलाइ गणेश शाह, गिरिराजमणी पोखरेल, मातृका यादव, लीलामणि पोखेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताले नेतृत्व गर्नेछन् ।

चारखाल डिल्लीबजारबाट वर्षमान पुन, वेदुराम भुषालले जुलुशको नेतृत्व गर्नेछन भने लैनचौरबाट भीम रावल, शक्ति बहादुर बस्नेत, नन्दकुमार प्रसाईले जुलुश निकाल्नेछन् ।

त्रिपुरेश्वरबाट निस्कने जुलुशको नेतृत्व देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले र  कुपण्डोलबाट कृष्णबहादुर महरा, पम्फा भुषाल, रघुजी पन्त, नन्दकुमार थापाको नेतृत्वमा जुलुश निस्कनेछ भने  प्रदर्शनीमार्गबाट घनश्याम भुषाल, जनार्दन शर्माले नेतृत्व गर्नेछन् ।

त्रिचन्द्र कलेजबाट देवप्रसाद गुरुङ, रामकुमारी झाकी, लेखनाथ न्यौपाने, हितमान शाक्यले,  शान्तिबाटिकाबाट नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई र वाल्मिकी कलेजबाट अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णु पुकार श्रेष्ठले जुलुशको नेतृत्व गर्ने छन् । जुलुश रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...