Thursday 13th February 2025

हिजोको साथी आज कसरी दुश्मन ?


तोयानाथ उपेक्षित – हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा शिक्षाको काम छैन भन्यौ र पढाई त्याग्यौ । आन्दोलनमा होमियौ । हामी लठैत भएर जीवन सक्कायौ । जब ०४६ सालको परिवर्तन पछि जागिर माग्न तिनै नेताका दैलोमा गयौ उनीहरुले हाम्रो शैक्षिक योग्यता खोजे र जागिर दिन मानेनन । लगभग बुर्जुवा शिक्षा बहिस्कार गर्ने पिढी अहिले बुढा भईसकेका छन । तीनलाई सोध्यो भने थाहा हुन्छ उनीहरुको जीवन किन उस्कन सकेन ? गाउँमा हलो र कोदालीमा नै किन वित्यो ? न त तिनले आज आफ्ना सन्तानको भविश्य नै राम्रो बनाउन सके । बरु छोराछोरी खाडीमा पठाएर सहराविहीन आहारा खाएर बाँचिरहेका छन अहिले ।

विक्रम सम्बत २०४६ पछि फेरी अर्को तहका नेताहरु ले लालकिताव को अनुसरण गर्न उक्साए र शसस्त्र क्रान्तिको उदघोष गरे । हामीले पत्यायौ र हजारौ युवाहरु सहभागि भए । राज्यसत्ता कव्जा गर्ने भनेर बन्दुक भिरे र भिडन्त शुरु भयो १७ हजारको ज्यान गए पछि यो क्रम थामियो तर नाईकेहरु सत्तामा पुगे युवाहरु खाडीमा । यस पिढीका युवाहरु हामी हौ । हाम्रो भन्दा अघिल्लो पुस्ताले बुर्जुवा शिक्षा बहिस्कार गरेर हलो जोतेर जीवन धान्न बाध्य भए । हाम्रो पुस्ता खाडी मा गुलामी गर्न तल्लिन छौ । दुवै समय का मानिसहरु लाई आन्दोलनमा लगाउने कम्युनिष्ट नेता र तिनका परिवारहरु भने पजेरो चढेर हिडिरहेका छन ।

झापा आन्दोलन छोटो समय चल्यो र पञ्चायतले त्यसलाई कुल्चियो । शसस्त्र द्धण्द १० बर्ष चल्यो त्यसलाई नेताहरु ले नै कुल्चिए । पछिल्लो युद्ध प्रायोजित थियो यसर्थ यो सफल भएन । पहिलो युद्धमा युवाहरु लहड र भावनाबाट उत्प्रेरित थिए । नेताहरुको कच्चा विश्लेषण थियो त्यसैले निरन्तरता पाएन । सशस्त्र भनिएको जनयुद्ध लाई किन पनि प्रयोजित थियो भनिन्छ भने त्यसका कमाण्डर भारतसँग सुरुंग युद्ध गर्ने भन्थे तर त्यहि उनीहरु बस्थे खान्थे । उतैको दानापानी खाएर उतैको हतियार ल्याएर आफ्ना देशका दाजुभाई लडाए । उसैको बजेटमा शसस्त्र युद्ध गरेको भन्ने कुरामा कोही कसैको विमती भए कमेन्ट गर्नु होला ।

नेपाली जनता भारतीयहरुको हेपाहा प्रबृतीका विरुद्ध जहिले पनि उभिन तयार छन । उनीहरुलाई भारतको विरोध गर्ने नेता र दल मन पर्दछ तर भारतले हाम्रा नेताहरु लाई कसरी प्रयोग गरिरहेको छ भन्ने हामीले बुझ्न खोज्दैनौ । हाम्रा नेताहरु को कस्तो भन्ने बल्ल यो पिढिले बुझदैछ । अहिले देशमा अस्थिरता पैदा गर्न हामी युवाहरुको प्रयोग शुरु भईसकेको छ । हामी एक अर्काका विरुद्ध शारिरिक रुपमा लड्न तयार छौ । हो यो नै हाम्रो मुलुक बरबादीको मुल कारण हो । हिंसा त कायरहरुको हतियार हो । हाम्रा नेताहरु कायर भएर नै हामी हतियार भईरहेका छौ । अहिले हामीले कसैले प्रचण्ड माधब ठिक भन्दैछौ कसैले ओली लाई ठिक भन्दैछौ । किनकी हामी सँग को ठिक को बेठिक भनेर मापन गर्ने आफ्नो विवेक छैन । हामी त बास्तबमा गणेशमा सिंह ले भने झै भेडा हौ की कसो । तीस बर्ष पहिले उनले भनेको कुरा आज पनि सान्दर्भिक हुनु ले हामी मा चेतना कहिल्यै नआउने रहेछ कि भन्ने लाग्न थालेको छ ।

हामीले यो ठिक त्यो बेठिक भनिरहदा कसैलाई दवाव दिए जस्तो हुन्छ तर तथ्य र सत्यको आधारमा तर्क राखियो भने विवेकशिल मानिसले मनन गर्दछ र धारणा बदल्छ । यसर्थ कसले कति देशका लागि सकरात्मक भूमिका निर्वाह गरेको छ । को झुठको खेती गरिरहेको छ त्यसको मापन उसको काम बाट हेर्ने कोशिष गरौ भन्ने मात्र हो । दुवै बेठिक भए अर्को शक्ति खोजौ तर हामीले यीनका लागि भनेर ज्यान फाल्ने सम्मको शारिरिक भिडन्तमा उत्रनेहरुको विरुद्धमा काम गरौ ।
यो देशमा अब गराईने हिंसा नै हो । चुनाव मा भाग लिन्न अथवा गर्न हुदैन भन्ने तर्क ले निम्त्याउने हिंसा नै भएकाले मुलुक दिर्घकालिन हिंसाको बाटोमा जाने निश्चित छ । त्यसो हुनु भनेको प्रतिगमन निम्त्याउनु हो । चुनाव स्वीकार गरेर लोकतान्त्रिक बाटोमा मुलुकलाई लाने की अस्वीकार गरेर प्रतिगमनमा लाने भनेर सोच्ने बेला हो यो । अदालत ले संसद पुर्न स्थापना गरेछ भने एक हिसावले जनताको काम सिद्धिन्छ र मुलुक को सत्तामा किन बेचको श्रंखला शुरु हुनेछ । त्यसबेलामा चुनावको बजेट भन्दा धेरै ठुलो धनरासी सत्ता जोगाउने र भत्काउने खेलमा सकिने छ । त्यो भन्दा खतरा विदेशीहरु नेपालको राजनितीमा ईन्ट्रि हुनेछन र आफू अनुकुल चलाउने छन ।

यहाँ यति भनौ हिजो सँगै रहेर राजनितीमा सक्रिय स्वदेशमा रहने वा विदेशमा रहनेहरु जो सुकैले आफ्नो पक्षधरतामा गंभिर बन्न जरुरी छ । अदलबदल हुन नसके पनि पछि सम्बन्ध सुधार हुन नसक्ने गरी राजनितीका नाममा वाक हिंसा वा शारिरिक हिंसामा उत्रने काम नगरौ । नेताहरु बेईमान छन उनीहरुलाई दिने समर्थन पनि शंका मनमा राखेर मात्र दिऔं त्रिशुल डामेर छाडेको साँढे जस्तो कहिल्यै नमेटिन दाँग आफ्नो भविश्यमा नपारौं ।

हिजोको साथी आज राजनिती कारण ले एकाएक दुश्मन कसरी हुन सक्छ ? राजनिती र त्यसको पक्षधरता ले व्याक्तिगत सम्बन्ध तोड्ने र गाली गलौजमा उत्रने त्यो ज्ञान हो की विज्ञान बुझन गाहो छ । सामाजिक सञ्जालमा कसैको अपमान गर्न अशिष्ट र तल्लोस्तरको कमेन्टमा उत्रन के ले उद्देलित गर्दछ । बास्तबमा कमजोर ज्ञान र विवेकहिनताले मानिसलाई आवेग उत्पन्न गर्दछ र अरुलाई हतोत्साहित गर्ने र जित्न खोज्ने त्यो एउटा तरिका हो जुन आफैमा गलत हो भन्ने आफैले चाही बुझिरहेको हुदैन जसले उसलाई जिततिर होईन हार तिर डोरयाउछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

प्रतिकृयाहरू
...