Friday 11th July 2025

कुवेतमा मकवानपुरकी सरिता थिङको मृत्यु


हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले सरिता थिङको मृत्‍यु भएको पुष्टी गर्दै भने”ग्यास्ट्रिक बिग्रिएर अल्सर भैसकेकी र आदान अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएकी सरिताको रेकर्ड हेर्दा उनी बिरुद्द २ बर्ष अघी घरबाट भागेको(रनवे) केश परेको देखिन्छ।उनी अबैधानिक रुपमा लुकेर काम गर्दै आएको र भारतीय बाटो हुँदै आएको देखिन्छ। मृतकको परिवार संग संपर्क भएको र लाश पठाउने सन्दर्भमा कानुनी प्रकृया शुरु गरिएको छ।तर सरिता स्पोन्सरबाट भागेको र श्रम नगरी आएका कारण शब नेपाल सम्म पुर्याउन लाग्ने खर्च मृतकको परिवार वा सहयोगीहरुको सहयोगमा मात्र सम्भब हुने देखिन्छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...