Saturday 12th September 2026

‘बोल्दिन जेपीटी’ सार्वजनिक


तितोपाटी- राजेन्द्र साने निर्देशित ‘स्वागतम् माई दिलपुर’ फिल्मको ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ।

साईराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा जयकिसन बस्नेत, अनिला रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार छन्। कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन्। राजन महर्जनको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, तारा थापाको सम्पादन रहेको फिल्म सिनेमाघर राम्रोसँग खुलेलगत्तै प्रदर्शनमा आउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

‘स्वागतम् माई दिलपुर’को कथा, परिकल्पना राजबहादुर सानेको हो। यसका प्रस्तुतकर्ता सौ¥याल थापा र निर्मातामा रमेश वनगोसाई, कुमार केसी छन्।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...