Sunday 6th July 2025

‘बोल्दिन जेपीटी’ सार्वजनिक


तितोपाटी- राजेन्द्र साने निर्देशित ‘स्वागतम् माई दिलपुर’ फिल्मको ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ।

साईराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा जयकिसन बस्नेत, अनिला रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार छन्। कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन्। राजन महर्जनको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, तारा थापाको सम्पादन रहेको फिल्म सिनेमाघर राम्रोसँग खुलेलगत्तै प्रदर्शनमा आउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

‘स्वागतम् माई दिलपुर’को कथा, परिकल्पना राजबहादुर सानेको हो। यसका प्रस्तुतकर्ता सौ¥याल थापा र निर्मातामा रमेश वनगोसाई, कुमार केसी छन्।


सम्बन्धित शीर्षकहरु

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

प्रतिकृयाहरू
...