Monday 28th September 2026

भारतमा देखियो नयाँ प्रकारको भाइरस


तितोपाटी- बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए।

भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। भारतले गत साता अन्य देशजस्तै यूकेबाट विमान सेवामार्फत् आवतजावतमा रोक लगाएको थियो। यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै संक्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। एक करोडभन्दा धेरै कोरोना भाइरस संक्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

बेलायतबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्। तिनमा कोरोना भाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ।

गत एक महिनामा बेलायतबाट ३३ हजार मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ।

क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ। बेलायतमा संक्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...