Saturday 10th October 2026

पछिल्लो २४ घण्टामा ७७६ कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय ४७ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २७३, ललितपुरमा ४९ र भक्तपुरमा ४१ संक्रमित रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...