Saturday 10th October 2026

एमसीसी श्रीलंकाबाट फिर्ता


तितोपाटी- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ श्रीलंकाबाट फिर्ता भएको छ । वासिङ्टनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो । तर श्रीलंकाको सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन ।

अघिल्लो सरकार एमसीसीको पक्षमा भएपनि गोताबाया राजापाक्षे भने यसको विपक्षमा थिए । उनले गठन गरेको स्वतन्त्र कार्यदलले पनि गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । सार्वभौमिकता खुम्च्याउने भन्दै श्रीलंकामा एमसीसीको विरोध हुँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...