Friday 11th September 2026

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने भारतीयसहित दुई पक्राउ


तितोपाटी- क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने ४९ वर्षीय शेखसम्सुर आलोन र अर्घाखाँचीकी ४२ वर्षीया रेनुका सारू छन्। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आलोन मुख्य योजनाकार हुन्।रेनुकाले नागार्जुन ‍नगरपाललिका-१६ बस्ने खिन्तबिर सारूसँग फेसबुकमार्फत चिनजान गरेका थिए। चिनजान गरेपछि रेनुकाले खिन्तबिरलाई क्यानडा पठाइदिने प्रलोभनमा पारी १४ लाख लिएकी थिइन्।

प्रहरी उपरीक्षक कार्कीका अनुसार विश्वासमा पारेर भिसा लागेको भन्दै नक्कली प्लेनको टिकट देखाएर रेनुका १४ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्। सोही जाहेरीको आधारमा महाशाखाबाट खटिएको टोलीले मुख्य योजनाकार शेखसम्सुर सहित दुबै जनालाई पक्राउ गरेको हो। उनीहरूले १२ लाखका दरले रकम उठाएर अन्य तीन जनालाई पनि ठगी गरेको एसपी कार्कीले बताए।

साथै अरू कसैलाई पनि ठगी गरेको भएमा प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ।त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)ले पनि क्यानडा पठाइदिने भन्दै दुई महिलालाई भारत लैजान खोज्ने एक महिलालाई पक्राउ गरेको छ। एपिएफले कञ्चनपुरको पुर्नवास नगरपालिका-११ डोकेको सीमाबाट सोमबार एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छन्।

डोकेबाट खटिएको एपिएफ टोलीले उनीहरूलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गरेको थियो। त्यहीक्रममा सुवेदीले ती दुई महिलालाई दिल्ली हुँदै क्यानडा पठाईदिन लागेको बताएकी थिइन्।त्यसपछि उनलाई एपिएफको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकी सुवेदी र दुबै महिलालाई शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ। –सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...