Tuesday 27th January 2026

नेपालमा १३८२ जना नयाँ संक्रमित थपिँदा १६२१ जना कोरोनामुक्त, थप २३ जनाको मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अबधिमा १६२१ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ ।

त्यसै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ ६३७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।

विश्वभर अहिले सम्म ६ करोड ८० लाख ५६ हजार भन्दा बढि संक्रमित भइ ४ करोड ७१ लाख ५२ हजार भन्दा बढि मानिसहरू कोरोनामुक्त भएका छन् भने १५ लाख ५३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...