Monday 18th May 2026

जनता समाजवादी पार्टीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न


तितोपाटी- जनता समाजवादी पार्टी, संखुवासभा काठमाडौं सम्पर्क समिति द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम गोपिकृष्ण हलस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ।

तत्कालीन नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाची छुलुङ पिम्बा र अन्तराष्ट्रीय आरोही पथप्रदर्शक तथा गायक दवा फिन्जो सहित विभिन्न पार्टी परित्याग गरी, ४२ जान जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेकाहरुलाई जनता समाजवादी पार्टिका वरिष्ठ नेता अशोक राई,जसपा कार्यकारिनी सदस्य रकम चेम्जोङ,प्रदेश १ सांसद जयराम यादब,जसपा प्रदेश १ उपाध्यक्ष दिपक याख्खा,मुख्यसचिव प्रभुराम श्रेष्ठ लगायतका नेताले खादा तथा टीका लगाएर भव्य स्वागत गरेका हुन।

कार्यक्रम प्रमुख अतिथी वरिष्ठ नेता अशोक राईले जनता समाजवादी पार्टी कुनै जाती विरुद्ध नभएको स्पष्ट पारे।

नेपालमा बसोवास गर्ने सम्पुर्ण जातिहरूको भाषिक, सांस्कृतिक, सहितको समानुपातिक समावेशी प्रतिनिधित्व लगायत देशमा राज्यसत्ताको अकर्मण्यताले सीमा नाघ्दै हरेक श्रेत्रमा भ्रष्टचार , हत्याहिंसा बलत्कार मौलाउदै गएको र अबको विकासमा अग्रगामी शक्तीहरु एकजुट भएर देशमा शान्ति स्थापना गर्दै मुलुकको विकास र समृद्धि रहेक नेपाली जनता लाई लोकतन्त्रको प्रत्याभुत गराउन जनता समाजवादी पार्टी, नेपाल आवश्यकता पारेको बताए। आफू चालीस वर्षसम्म एमालेमा रहेको अन्य नेताहरु उत्यिकै समय काङ्ग्रेसमा बिताएको भन्दै अरुको अस्तित्वमा काम नगरेकाले पार्टी त्यागेको बताए ।आफू स्वार्थको राजनीति नगरेको स्पष्ट पार्दै पद र स्वार्थ मात्र गर्ने हो भने एमालेमै रहन्थे बच्चा रुपि पार्टी डोर्‍याउने रहर नभएको बताए।संविधानमा सबै भाषा राष्ट्रिय भाषा भन्ने तर एकल भाषा जबर्जस्ति लादेको पहिचानमा भाषा पहिलो कुरा भएको बताए।कार्यकारिणी सदस्य रकम चेम्जोङले नेकपा र काङ्ग्रेस फरक नाम र फरक झन्डा भए पनि उद्देश्य एउटै भएको आरोप लगाए।चेम्जोङले काङ्ग्रेस नेकपाले भाषिक सांस्कृतिक बिबिधतालाई बुझ्न नचाहेको आरोप लगाउदै अरुको भाषिक सांस्कृतिक पहिचान मास्ने षड्यन्त्र भएको आरोप लगाए। पार्टी प्रवेश कार्यक्रम सांसद जयराम यादब,प्रदेश १ मुख्यसचिव प्रभुराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए।

जम्लिङ् भोटेको नेतृत्वमा १९ सदस्य सहित जनता समाजवादी पार्टी,भोट्खोला गाउँ पालिका समिति गठन गरेका छ्न भने उपाध्यक्षमा तेम्बा भोटे, सचीव दव फिन्जो, जेन्जेन शेर्पा, कोषाध्यक्ष कान्छ भोटे चयन भएका छन्।

त्यसैगरि आगामी २ देखि ३ महिना भित्र संखुवासभा जिल्ला भित्र पार्टी को संगठनिक संरचना निर्माणमा तीव्रता दिने आबो तयारी गरिएको प्रदेश नम्बर १ का उपाध्यक्ष दिपक याक्खा र प्रदेश नम्बर १ का शेर्पालुङ समिति सदस्य नुर्बु शेर्पाले जानकारी गराए।

नब गठित समितिलाई जसपा केन्द्रिय कार्यकारीनि सदस्य रकम चेम्जोङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।पार्टी प्रवेश कार्यक्रम समाजवादी विद्यार्थी युनियन सचिवालय सदस्य तथा संखुवासभा काठमाडौ संपर्क समिति सदस्य फुर्पुछिरिङ ल्होमिको अध्यक्षतामा गोपिकृष्ण हल नजिक युनिभर्सल क्याफेमा सम्पन्न भएको हो।कार्यक्रममा केन्द्रिय सदस्य लाक्पा शेर्पा,जीतमान गुरुङ,परिवर्तन भट्टराई,लक्षमण गुरुङ,बिज्ञ परिषद सदस्य थमनसिङ याम्फु लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

पार्टी प्रवेश गर्नेहरुको नामावली :
जम्लिङ भोटे भोट्खोला,तेम्बा भोटे भोट्खोला लाक्पा आङ्जुक भोटे, दव फिन्जो लामा,जेन्जेन शेर्पा भोटे,खवाङ भोटे,कान्छा भोटे,छिरिङ लामा,लाक्पा भोटे,फुर्पु धेन्डुक,कालिम भोटे,टेसिडेमा भोटे,पिम्बा भोटे,लेण्दुक ल्होमी,छेडेन भोटे,गुरु भोटे,वङ्दी नुप्पा भोटे,छेबी भोटे,पिम्बा नुप्पु भोटे,दासाङ थिकेपा,छेदेन लामा,चिन्जुङ भोटे,उचेन भोटे,किच्याक रिन्जिन भोटे,छुलुङ पिम्बा,स्याङ्टाङ भोटे,डवाङ भोटे,छिरिङ भोटे,बिक्रम भोटे,लादर भोटे,साङा तेजिन,पेक्मा शेर्पा, ल्हाच्या च्यावा,दावा भोटे,धर्छे भोटे,लाक्पा भोटे,कासाङ्दावा भोटे,फुर्च्युङ भोटे,डुक्पा भोटे,छिरिङ पासाङ शेर्पा,पासातेम्ब शेर्पा,तेन्जी शेर्पा


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...