Friday 11th September 2026

अखिल नेपाल युवक संघका उपाध्यक्ष रोकासहित परिवार चढेको गाडी त्रिशुलीमा खस्यो


तितोपाटी- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसेको छ ।

उनीसहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको हो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । सो दुर्घटनामा उनकी श्रीमती ३३ वर्षीया जमुना रोका र सवारी चालक २३ वर्षीय सूर्य केसी मृत अवस्थामा भेटिएका छन् । छोरी १५ वर्षीया जिनिसाको खोजी कार्य जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...