Thursday 28th March 2024

अखिल नेपाल युवक संघका उपाध्यक्ष रोकासहित परिवार चढेको गाडी त्रिशुलीमा खस्यो


तितोपाटी- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसेको छ ।

उनीसहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको हो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । सो दुर्घटनामा उनकी श्रीमती ३३ वर्षीया जमुना रोका र सवारी चालक २३ वर्षीय सूर्य केसी मृत अवस्थामा भेटिएका छन् । छोरी १५ वर्षीया जिनिसाको खोजी कार्य जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...