Monday 5th October 2026

बालिकाको बलात्कारपछि हत्या गर्ने युवकको घरमा स्थानीयले आगो लगाईदिए


तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले साहको घरमा आगो लगाईदिएका हुन्।

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि आक्रोसित भएका स्थानीयले साहको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन्। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्।

साहले आफुले नै बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...