Friday 29th March 2024

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका थिए । दाहालसँगै काम गरेको देखेपछि आवेशमा आएका टीकाका श्रीमान चुडामणिले दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टीकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
खुकुरी प्रहारबाट घाइते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...