Thursday 3rd July 2025

कविता: बाँदरको झम्टा – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


नेपाल देश पहाडी भेक जन्मेको सानेको
जीवन कथा पढेर शिक्षा लिएको राम्रो हो
भुमरी जस्तो सानेको जुनी दु:खमा बितेको
अनेक थरी पिडाको साथ मित्रता गाँसेको ।१।🌷🌺🌼

भ्यागुता खुट्टा तानेर वाक्क बाँदरले चुटेर
सत्यको पक्ष लिएको देख्दा दुष्टले कुटेर
आफूले दूध दिएको सर्प फर्केर टोकेर
भएको पिडा सानेले राख्न सकेन रोकेर।२।🌷🌺🌼

उसैको कुरा समेटी यहाँ कविले लेखेको
कविको पनि दुरुस्तै उस्तै जीवन बनेको
लेखेर दिए उत्तम होला मनमा लागेर
वर्णन साथ कविता रूप दिएको लेखेर ।३।🌷🌺🌼

भ्यागुता साथ भुलेर पनि संगत नगर्नू
सर्पको भर परेर दूध कसैले नदिनू
बाँदर साथ मित्रता गाँंसी कसैले नबस्नू
गधाको साथ ज्ञानको वार्ता कसैले नगर्नू ।४। 🌷🌺🌼

बाँदरसाथ बिबेक हुन्न मिलेर बस्दछ
फरक रूप आएको देखे मिलेर डस्दछ
प्रकृतिसाथ मितेर गाँस्नू सत्यता साथमा
कुखुरा नुन पच्दैन गुन मान्छेको जातमा ।५। 🌷🌺🌼

गएको कुरा कसैले पनि सोचेर नबस्नू
भविश्य सोची समय नष्ट कसैले नगर्नू
आफूको घुर्की साथमा फुर्ती कसैले नदिनू
भेडाको हूल गएर भेडो छुटाउन नखोज्नू ।६। 🌷🌺🌼

मानव चल्छ स्वार्थको साथ व्यापार गरेर
गोहीको जस्तो आँसुको धारा सुर्लुक्क निलेर
कसाही अगि रोएको बोको खै किन बिचरा
आगोले पोल्छ सर्पले टोक्छ भ्रममा नपर ।७। 🌷🌺🌼

 

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो…

प्रतिकृयाहरू
...