Monday 23rd March 2026

कुवेत ट्रेड युनियनले श्रम कानुनका प्रावधान सम्बन्धि नेपालीहरूको लागि १ दिने कार्यशाला सम्पन्न गर्यो


तीतोपाटी – कुवेत ट्रेड युनियन फेडेरेसरनले नेपाली आप्रवासी कामदारलाइ लक्षित गरि कुवेतको श्रम कानुन सम्बन्धि एक कार्यशाला सम्पन्न गर्यो । ट्रेड युनियनको सभा हलमा हिँजो शुक्रबार २० नोभेम्बर २०२० का दिन सम्पन्न उक्त कार्याशालामा प्राइभेट सेक्टरमा कार्यरत आप्रवासी कामदारका अधिकार र दायित्व सम्बन्धमा कुवेतको श्रम कानुनले गरेका व्यवस्था बारेमा विस्तृतमा जानकारी गराइएको थियो ।

कुवेत ट्रेड युनियन फेडेरेसनका महासचिव महम्मद अल अरदाको सभापतित्व, नेपाली राजदूतावासका तृतीय सचिव रेबन्त केसी को विशेष आतिथ्यता, नेपाल ट्रेड युनियनका कुवेत संयोजक गणेश रावत, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि लगायतको आतिथ्यता तथा आप्रवासी कामदारका पक्षमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कुवेतको श्रम कानुनले श्रमिकका हक हितमा गरेका व्यवस्था बारे बुँदागत रूपमा जानकारी गराइएको थियो ।

कार्यशालामा श्रमिकहरूले प्राप्त गर्ने तलब, वार्षिक विदा, कम्पनीसँग गरिने करारनामा, विरामी विदा,आशौच विदा, सुत्केरी विदा, ओभर टाइम, विभिन्न कारणले दुर्घटना भएमा पाउने क्षतिपुर्ति, रोजगारदाता परिवर्तन लगायतका विषयमा स्पष्ट पारिएको थियो भने कार्यशालामा सहभागी प्रतिनीधिहरूले स्पष्ट नभएका विषयमा छलफल समेत गरिएको थियो ।

कुवेत ट्रेड युनियनका महासचिव महम्मद अल अरदाले कार्यशालमा सहभागी सबैलाइ स्वागत गरेका थिए भने नेपाली दूतावासबाट आतिथ्यता गरेका तृतीय सचिव रेवन्त केसी ले कुवेत ट्रेड युनियन फेडेरेसनले यस किसिमका कार्यशाला आयोजना गरेर नेपाली श्रमिकहरूलाइ उनीहरूका हक, अधिकार र दायित्व वारेमा शिक्षित गराएकोमा र आफु स्वयं कुवेतका लागि नयाँ भएकोले यहाँको श्रम कानुनको बारेमा आफुले समेत सिक्न पाएकोमा कुवेत ट्रेड युनियन फेडेरेशन प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद मन्तव्य दिएका थिए भने नेपाल ट्रेड युनियनका कुवेत संयोजक गणेश रावतले कुवेत ट्रेड युनियन फेडेरेसनले नेपाली श्रमिकहरूलाइ लक्षित गरि विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस किसिमका समुदाय केन्द्रित कार्याक्रम हुनेमा आशावादी रहेको बताए ।
कार्यशालामा कुवेतको श्रम कानुनको बारेमा कुवेत सरकारको कानुन विभागका अधिवक्ता खालिद अल सुरामनले श्रम कानुनका बारेमा अरबी भाषामा व्यक्त गरेका प्राव्धानहरूलाइ दोभासे महम्मद सला को सहयोगमा अग्रेजीमा उल्था गरिएको थियो ।

कार्यशालाको अन्त्यमा कुवेत ट्रेड युनियन फेडेरेसनको तर्फबाट नेपाली दूतावासलाइ मायाको चिनो प्रदान गरिएको थियो भने फेडेरेसनका महासचिव महम्मद अल अरदाले कार्यशालामा सहभागी सबैलाइ धन्यवाद दिंदै आफुले सिके र जानेका कानुनी प्रावधान नेपाली समुदायका अरू आप्रवासी कामदारलाइ पनि जानकारी गराउन आग्रह गर्दै कार्यशालाको समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...