Wednesday 16th September 2026

पछिल्लो २४ घण्टामा १९४५ कोरोना संक्रमित, ५३६४ जना डिस्चार्ज


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
त्यस्तै, शुक्रबार ५ हजार २ सय ६५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । आज १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...