Wednesday 17th December 2025

कुवेतमा कार्यरत नेपालीहरुकाे राेजगारी सुरक्षाबारे छलफल


तितोपाटी- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अलबीच नेपाली श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा छलफल भएको छ।

कुवेतिस्थत पब्लिक अथाेरिटी अफ म्यानपावरमा सम्पन्न भेटघाटमा श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा जाेड दिइएको हाे।

भेटका मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था, कुवेत सरकारद्वारा विदेशी कामदारका लागि सञ्चालित आश्रय स्थलमा सहज पहुँच, रोजगारीको सुरक्षा तथा नेपालीका लागि यहाँको रोजगारीमा अवसर साथै काठमाडौं-कुवेतबीच शीघ्र प्रत्यक्ष उडान सुचारू गर्नुपर्ने लगायतका विषयमा छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

भेटघाट कार्यक्रममा दूतावासका श्रम सहचारी बिपना ज्ञवाली, यसोदा अधिकारी लगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...