Saturday 10th October 2026

कात्तिक महिनामा २४ हजारले छाडे नेपाल


तितोपाटी- नेपाली तथा विदेशीसहित गरी कात्तिक महिनामा मात्रै २४ हजार ८४ जनाले नेपाल छाडेका छन्।

अध्यागमन विभागका अनुसार कात्तिक महिना २२ हजार २ सय १२ नेपाली नागरिक स्वदेश छाडेर विश्वका विभिन्न देश गएका छन। यसैगरी कात्तिक महिनामै १ हजार ८ सय ७२ विदेशी नागरिकले नेपाल छाडेका छन।

यसैगरी कात्तिकमै विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ। जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...