Saturday 5th July 2025

कात्तिक महिनामा २४ हजारले छाडे नेपाल


तितोपाटी- नेपाली तथा विदेशीसहित गरी कात्तिक महिनामा मात्रै २४ हजार ८४ जनाले नेपाल छाडेका छन्।

अध्यागमन विभागका अनुसार कात्तिक महिना २२ हजार २ सय १२ नेपाली नागरिक स्वदेश छाडेर विश्वका विभिन्न देश गएका छन। यसैगरी कात्तिक महिनामै १ हजार ८ सय ७२ विदेशी नागरिकले नेपाल छाडेका छन।

यसैगरी कात्तिकमै विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ। जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...