Tuesday 23rd April 2024

राष्ट्रिय पञ्चेबाजा समुह कुवेतका अध्यक्ष बिष्णु बि.क. को हृदयाघातको कारण मृत्यु


हरि कृष्ण न्यौपाने – तनहुँ घर भई कुवेतमा कार्यरत बिष्णु बिश्वकर्मा (सुनार) को हृदयघातको कारण मृत्यु भएको छ । गत नोभेम्बर १०,२०२० मंगलबारका दिन दिउँसो कुवेतको फर्वानियामा उनको मृत्यु भएको हो।उनी राष्ट्रिय पन्चेबाजा समूह कुवेतका अध्यक्ष तथा लाली गुराँस सांस्कृतिक समूह नेपाल-कुवेतका उपाध्यक्ष समेत रहेका थिए।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”राहदानी नं-०७७६९९४५ रहेका बिष्णुको मृत्यु पश्चात सबै कानूनी प्रकृया पुरा गरि शब नेपाल पठाउने तयारीमा दूतावास रहेको बताए । उनले थपे, मृतक पहिले आएको कम्पनी बाट रिलिज लिएर म्यान शैलुन (Cut Loss health institute for Man ) मा काम गर्दै आएका थिए।कम्पनी र परिवार संग सम्पर्क भैसकेको छ, उनीहरु संग समन्वय गरेर छिट्टै नै शब नेपाल पठाइने छ ।

कुवेतको नेपाली समाजमा परिचित मृतक बिष्णुका श्रीमती, किशोराबस्थाका एक छोरी र एक छोरा छन् ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...