Friday 11th September 2026

पछिल्लो २४ घण्टामा २५७१ कोरोना संक्रमित पुष्टि


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ११ हजार १ सय १७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७ सय ९८ जना निको भएका छन् ।
आजसम्म कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यीमध्ये ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ५९ हजार ७ सय २४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न आइसोलेसनमा ९ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...