Thursday 1st October 2026

१३ महिने शिशु सियोना बचाउन कुवेतबाट आर्थिक सहयोग


तीतोपाटी – कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको नाममा खोलिएको वैंक खातामा जम्मा गराएका हुन् ।

केहि समय अघि सियोनालाइ एकदमै दुर्लभ किसिमको स्पाइनल मस्कुलर एट्रोफी (Spinal Muscular Atrophy) नामको रोग लागेको र उनको उपचारको लागि २५ करोड भन्दा बढि नेपाली रूपैयाँ लाग्ने भन्दै सामाजिक सञ्जालमा खबरहरू सार्वजनिक भएपछि देश विदेशबाट सियोना बचाउ अभियान शुरू भएको हो ।

सियोनाको मेरूदण्ड सम्बन्धि रोगको उपचार गर्न निकै खर्चिलो हुने विषय सार्वजनिक भए पछि हाल संसार भरबाट मानिसहरूले सियोना बचाउनको लागि रकम संकलन गरि सहयोग गरिरहेका छन् भने कुवेतमा पनि विभिन्न व्यक्तिले फरक फरक रूपमा रकम संकलन गरि उपचारार्थ सहयोग पठाएका छन् ।

स्पाइनल मस्कुलर एट्रोफी एक अनुवांशिक असन्तुलन हो । यो रोगले मांसपेसीलाइ कम्जोर बनाउँछ र समयमै उपचार हुन नसके रोगीको ज्यान जान्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...