Monday 26th January 2026

गीति कविताः महागाैरी – सिस्नुपानीको देउसी लय -हरि शर्मा (गलकोटे कवि)


नवदुर्गा आठौँ रुप महागौरी ठानिन्छ ।
उपासाना आरधना गरी मानिन्छ ।
हिमालय पर्वतकी छोरी बनी आएको।
कथा हामी सुन्ने गर्छौं पैले देखिको ।१। 🌷🙏🌺

महादेव पति पाऊँ भन्ने थियो चाहना।
त्यसैले त तपस्यामा धेरै तल्लीन ।
आठ वर्ष हुँदाखेरि तपस्यामा लागेको।
तपस्याको कारणले जीउ सुकेको ।२। 🌷🙏🌺

कालो रुप हुँदखेरि ब्रम्हा जल छर्केका।
त्यसपछि देवीको रुप गोरो भएको ।
महागौरी भनिकन नाम पुकार गरियो।
शक्तिशाली सेतो रुप दुर्गा माताको ।३। 🌷🙏🌺

सतीदेवी मर्दाखेरि महादेव रिसाए।
महाकाली उब्जिएकी भन्न भनाइ ।
उपासना आरधना गौरी ज्यूको गर्नाले।
पापबाट मुक्ति मिल्ने कुरा सुनिने ।४। 🌷🙏🌺

बलि दिँदा काम क्रोध लोभ मोह चढाऊँ।
अहंकार मद मात अन्त्य गराऊँ।
खसीबोका कुखुरा र राँगाहरु छाडेर।
कुभिण्डो वा नरिवल बलि चढाऊँ ।५। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...