Sunday 22nd March 2026

गीति कविताः महागाैरी – सिस्नुपानीको देउसी लय -हरि शर्मा (गलकोटे कवि)


नवदुर्गा आठौँ रुप महागौरी ठानिन्छ ।
उपासाना आरधना गरी मानिन्छ ।
हिमालय पर्वतकी छोरी बनी आएको।
कथा हामी सुन्ने गर्छौं पैले देखिको ।१। 🌷🙏🌺

महादेव पति पाऊँ भन्ने थियो चाहना।
त्यसैले त तपस्यामा धेरै तल्लीन ।
आठ वर्ष हुँदाखेरि तपस्यामा लागेको।
तपस्याको कारणले जीउ सुकेको ।२। 🌷🙏🌺

कालो रुप हुँदखेरि ब्रम्हा जल छर्केका।
त्यसपछि देवीको रुप गोरो भएको ।
महागौरी भनिकन नाम पुकार गरियो।
शक्तिशाली सेतो रुप दुर्गा माताको ।३। 🌷🙏🌺

सतीदेवी मर्दाखेरि महादेव रिसाए।
महाकाली उब्जिएकी भन्न भनाइ ।
उपासना आरधना गौरी ज्यूको गर्नाले।
पापबाट मुक्ति मिल्ने कुरा सुनिने ।४। 🌷🙏🌺

बलि दिँदा काम क्रोध लोभ मोह चढाऊँ।
अहंकार मद मात अन्त्य गराऊँ।
खसीबोका कुखुरा र राँगाहरु छाडेर।
कुभिण्डो वा नरिवल बलि चढाऊँ ।५। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...