दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।।
या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
शुम्भ अनि निशुम्भले अत्याचार गरे।
सज्जनहरु दु:ख पाए अलपत्र परें।
भवानीले कालिकाको रुप धारण गरिन्।
राक्षसको गण मारी लोकमा शान्ति छरिन् ।१।🌷🙏🌺
भय लाग्दो कालो रुप कालरात्री पर्यो।
काली भद्रकाली चण्डी रुप भैरवीको ।
मातृकाली महाकाली जे जे भने पनि ।
शत्रु भय जल भय, रोग नासिदिने ।२।🌷🙏🌺
चण्ड मुण्ड मिलीकन देवी पछि भागे।
सेनागण लिईकन युध्द गर्न लागे ।
हिमालय पर्वतमा बाघमाथि देखी ।
एक्ली दुव्ली ठानिकन जिस्काएका अति ।३।🌷🙏🌺
चण्ड मुण्ड आएका ती दलबल साथ ।
शस्त्र अस्त्र लिएका ती थिए सुसज्जित ।
अनुहार कालो कालो कालिकाको भयो।
भैरवीको क्रोधी रुप त्बल्ल बाहिर आयो ।४।🌷🙏🌺
मुख पनि विशाल थियो जिब्रो लामो थियो।
मुण्डमाला गलामा त हातमा तरवार थियो।
राता राता आँंखा थिए रुप कालो थियो।
गर्जिँदा त राक्षसको ठुलो सातो गयो ।५।🌷🙏🌺
डढेलोले खाएसरि राक्षसहरु डढे।
कोही घाइते भईकन जमिनमा लडे ।
शक्तिशाली दुर्गारुप शरणमा परे ।
दैँत्य कोही काली देखी डराएर मरे ।६।🌷🙏🌺
शुम्भ बध गर्न भनी विकराल रुप।
कालरात्री नाममात्र सम्झेपनि शुभ।
रोग शोक दरिद्रता हटाउन पूजा ।
कालिकाले क्रोध सबै पारिदिन्छिन् धुजा ।७।🌷🙏🌺
धन्यवाद!
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺