Sunday 22nd March 2026

कविता: फूलपाती – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


सँघारमा आई सक्यो अब बडा दशैँ।
कुनै कुरा तयार छैन लथालिङ्ग सबै।
कोरोनाले कुनाबाट ढुकेको छ अझै।
काम छैन दाम छैन जाला बिना मजै ।१।🌷🙏🌺

भनिकन रिसाएकी गाउँले बुढी बज्यै।
फूलपाती सुनेपनि नतातेकी अझै।
केटाकेटी भन्न लागे मान्नुपर्छ दशैं।
कसो भयो होला कुन्नि बुढी आजै ।२।🌷🙏🌺

केरा दारिम हलेदो र धान ल्याउ भनिन्।
जयन्ती र माने अनि कर्चुर बेल थपिन्।
सबैजना जुटीकन सामा सर्जाम जोडे।
फूलपाती घरभित्र भित्र्याएरै छोडे ।३।🌷🙏🌺

सबै पातमाथि राखी देवी पूजा भयो।
रक्तचण्डिका र दुर्गा लक्ष्मी कार्तिकीको।
शोकहारिणी व्रम्हाणी शिवा चामुण्डाको ।
कालिकाको पूजा गर्दा सारै मजा आयो।४।🌷🙏🌺

ईन्द्र शिव विष्णु आदि पालो पालो गरे।
वृतासुर तृपुरासुर मधुकैटभ मारे।
रावणको बध भने श्रीरामले गरे।
लङ्कापुरी पुगिकन खोजी खोजी मारे ।५।🌷🙏🌺

देवताले दानवको बध गर्दाखेरि।
भवानीको पूजा गरे नवरात्रभरी।
पुस्तक कापी कलम अनि मसिदानी पनि।
सरस्वती पूजा हुन्छ विद्या आओस् भनी ।६।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...