Tuesday 11th November 2025

कवितामा दशैं – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


जन्मभूमि नेपालमा खुशियाली छायो।
सबैजना भन्न लागे दशैँ आयो आयो।
हिमालमा डाँफे चरी यही गित गायो।
आँगनमा धान टिपी भँगेराले खायो ।१।🌷🌺🌼💐🌷

डाँडावारि डाँडापारि खेतबारीतिर।
खरबारी घरबारी डाँडापाखातिर।
गण्डकीको, कोशीको र कर्णालीको तिर।
गाउँबेसी भन्न लागे हट्यो हाम्रो पिर ।२।🌷🌺🌼💐🌷

कालिकाको मन्दिरमा पाठ शुरु भयो।
आफन्तमा मिठा-मिठा बात शुरु भयो।
खुशी अनि उमङ्गको मात शुरु भयो।
नवरात्री कालरात्री रात शुरु भयो ।३।🌷🌺🌼💐🌷

परेवाले भाकुम भाकुम गित गाउन थाल्यो।
कुखुराले कुखुरी खै कहाँ भन्न लाग्यो।
नारायण नारायण पाडो भन्न लाग्यो।
जे जे पर्ला उसै टर्ला बोको भन्न लाग्यो ।४।🌷🌺🌼💐🌷

सरकारी अफिस र संघसँस्था पनि।
केही दिन बन्द गरी दशँ मानौँ भनी।
जुटेका छन् सबैजना सामा जुटाउन।
हिजोबाटै शुरु भयो दशैँ मनाउन ।५।🌷🌺🌼💐🌷

घरदेश परदेश जताततै आयो।
जहाँ जहाँ नेपाली छ्न् त्यतितिर आयो।
प्रदेशीको छाति चस्क्यो मुटु खान लाग्यो ।
मुटुभित्र दुख्ने घाउ चहराउन थाल्यो ।६।🌷🌺🌼💐🌷

प्रदेशमा अलिकति भिन्न हुन्छ दशैँ।
नेपालमा जस्तो रौनक देखिँदैन कतै।
भाषा भेष नमिल्नाले दशैँमय छैन।
दशैँ आयो भनेपनि विदा हुने हैन।६।🌷🌺🌼💐🌷

लिङ्गे पिङ रोटे पिङ कतैतिर छैन।
कमेरोले घर पोत्न पनि पर्ने हैन्।
कता छ खै डाँफेचरी कतै देखिँदैन।
ढुकुर अनि परेवाको बोली सुनिँदैन ।७।🌷🌺🌼💐🌷

सबैजना चौविस घंटा कमाउनमै व्यस्त।
कसैलाई बाध्यता कोही कतै मस्त ।
उत्साह र उमंगले जोसिएको मन।
अफिसको चटारोले थाल्यो तड्पन ।८।🌷🌺🌼💐🌷

कवितामा दशैँ मान्ने कुरा सुनेदेखि।
रमाएर पिडा पोखेँ कवितामा लेखी।
कवितालाई सुनिदिने सबै साथिहरु।
शुभकामना दिएँ मैले के सक्छु र अरू ।९।🌷🌺🌼💐🌷

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🌺🌼💐🌷


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...