Thursday 9th October 2025

जिन्दगी – भुजङ्गप्रयात छन्द -हरि शर्मा (गलकोटे कवि)


~~~जिन्दगी ~~

<<<भुजङ्गप्रयात>>🌷🙏🌺

भुजङ्गप्रयातं चतुर्भिर्यकारै: ।

कता छौ जुनेली, पियारी सहेली !
सबारी भएमा तयारी सुसेली !
तिमी हौ सहेली, तिमी नै सुसारे !
तिमी हौ असारे, तिमी नै तुसारे ।<१>🌷🙏🌺

कता छौ उजेली, कता छौ अँधेरी!
कता हो बिहानै, नदेख्ने कतै खै !
गरेको अचाक्ली नजाती मलाई !
सुनौलो बिहानी, भयो के रिसानी?<२>🌷🙏🌺

कसैले भनेको,मलाई नहेरी !
पराई बनेको,मलाई नटेरी !
बगेको नदी हो, अनौठो जुनी यो !
सुखैमा बिताऊ, भनेँ है सहेली। <३>🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
गलकोट, बागलुङ, नेपाल
हाल: मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...