Tuesday 31st March 2026

कबाब चिनी मसला अर्थात पत्थर फूल जसले दिन्छ खानामा प्राकृतिक स्वाद 


आर.बि.बुढाथोकी – ढुङगामा लागेको लेउ पनि मसला हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला तर यो हकिकत हो । यो लेउ अर्थात स्टोन प्ल्यावर धेरै खानामा मसलाको रुपमा हालिने एक सेक्रेट इन्ग्रिडेन्टमा पर्छ । भारत पाकिस्तान, अफ्गानिस्तान,इरान,अरब देशहरुले यो मसलालाई एक अभिन्न हिस्साको रुपमा कबाबमा मिसाउँछन । भारतीयहरुले यसलाई गदा मसलाको रुपमा पनि चिन्छन । पहिला पहिला जङ्गल जङ्गलमा गएर संकलन गरेर सिमित प्रयोग हुने हो जडि मसला अहिले ब्यबसायिक हुँदै अनलाइन मै अडर गरेर प्रयोग गरिन्छ । खाद्य प्रविधीशालाबाट खान योग्य भनी प्रमाणिकरण गरिएका यि ढुङ्गे लेउ अर्थात पथ्थरको फुलका धेरै जाती छन । यो फुल मसला बिभिन्न कलर र स्वादमा उपल्ब्द्द हुन्छ । तपाईंलाई धुलो चाहिन्छ भने मसलाको रुपमा धुलो नै उपलब्ध छ र फुल जस्तै चुर्ण नगरिएको चाहिएमा पनि किन्न सक्नु हुन्छ ।

यसलाई दगडी फुल मसला भनेर पनि चिनिन्छ । काकुरी कबाब,मटन सिख कबाब,सामी कबाब,गिलावती कबाब, चिप्लेटी कबाब, नहारी(पाया),बम्बे बिर्यानी,मटन स्टु जस्ता खसी या भेडाको मासुबाट बन्ने परिकारहरुमा उत्तम मसला हो दगडी फुल मसला । पछील्लो समयमा नेपालमा पनि राम्रो राम्रो भारतीय खाना पस्कने होटल तथा रेस्टुरेन्टहरुले यो मसला प्रयोगमा ल्याउन थालेका छन । अहिले यो मसला २२ प्रकारका फुल मसला आपुर्ती गर्ने भारतले विश्वको ६३ प्रतिशत मार्केट ओगटेको छ भने चीनले १३ र बङगलादेशले ४ प्रतिशत मात्र आपुर्ती गर्न सकेको छ । यि आपुर्ती गर्ने संघ सस्थाहरुले यो मसलाको ब्यापक विविधता हुने हुँदा फरक फरक मुल्यमा बिक्री गरेका हुन्छन । चढिला,गदा,डागड,ब्ल्याक स्टोन फ्लावर,इन्डियन दाद,ड्राड लिचेन, कल्पसी जस्ता प्रमुख हुन्छन । भौगोलिक र प्राकृतिक रुपमै उम्रने र बर्सौ सम्म ढुङ्गामा चिप्केर बस्ने हुँदा यि फुलहरु केही कडक हुन्छ । यसलाई सुकाएर धुलो बनाइ बेच्दा पनि हुन्छ र गुन्द्रुक जस्तो रुपमा सुकेको फुल पनि बेच्ने गरिन्छ । यि पथ्थरका फुलहरु कुलिनरी क्षेत्रमा ब्यापक प्रयोगमा आउन थाले पछी यसको महत्व बढ्दै गएको छ । कबाबमा मात्र नभै सुप र लोकल कुनै पनि खानामा मिसाएर पकाउँदा नरम स्वाद र सुगन्धित बनाइ दिन्छ ।

चमात्कारीय ढंगबाट खानाको स्वादमा परिवर्तन आउने हुँदा यो फुल मसलाको रुपमा सबै जसो मास्टर सेफहरुको रोजाइको मसला हो । यो मसलालाई बिभिन्न ठाउँमा बिभिन्न नामले चिनिन्छ। कालानुसार्य,वृद्ध,अश्मपुष्प,शीतशिव,शैलेय र कबाब चिनी भनेर पनि चिनिन्छ । यो मसला फुललाई स्टोन प्लवर भनिन्छ भने अन्य भाषामा संस्कृतमा शामी, हिन्दीमा चढिला, उर्दुमा उस्न, तेलङगुमा राती पुभु, बेङगालीमा शैलाज, मराठीमा डगड फुल, गुजरातीमा चडिलो, तमिलमा कल्लु हुभु, पन्जाबीमा डगर डा फुल,अरबिकमा रुमन या शैबह,असामीमा भोजावर, फ्रेन्चमा पार्मेलिया डेस मुर्स, जर्मनीमा वान्डसचिल्डफ्लेच्टे र पार्सियन भाषामा डाभाला भनेर चिनिछ । प्रशस्त पानी पर्ने स्थान र जङगल एरियाको ढुङ्गामा उम्रने यो फुल वाइड क्याच नै गरेर संकलन बर्नु पर्ने हुन्छ। व्यावसायिक रुपमा यसको खेती भएको अहिले सम्म पाइएको छैन । यो फुललाई खानामा मात्र नभै आयुर्बेदिक दबाइ बनाउन र चिकित्सकिय औषधी बनाउन पनि प्रयोग भएको पाइएको छ ।

चमत्कारीय ढंगबाट खानाको स्वाद बदल्ने कबाब चिनी(पथ्थर फुल)को स्वास्थ्य सम्बन्धी उपयोगीता
यो कबाब चिनी मसला हालेर कबाब या सुप बनाउदा अन्य मसलाहरु हालीरह्नु पर्दैन यसको छुटै खालको सुगन्ध हुन्छ ।
कुनै घाउ चोट लागेको ठाउमा यो फुलको प्रयोग गर्दा छिट्टै निको हुन्छ ।
यो फुललाई एन्टी भाईरल दबाइको रुपमा पनि प्रयोग गरिन्छ ।
अक्सर चिसो ठाउमा मात्र पाइने हुँदा छालाको समस्या छ भने पनि पथ्थरको फुल निकै उपयोगी मानिएको छ ।
यो फुलमा कुनै फ्याट हुन्न र कार्बोहाइडेट र प्रोटिन १ देखि ५ प्रतिशत मात्र हुने हुँदा सुप या सलादका लागि उत्तम मानिन्छ ।
कल्प र पिता दुबइ फुलको तितो स्वादका कारण पेन रिलिफका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
शरीरको तापक्रमलाई सन्तुलनमा राख्न पनि यो फुल उत्तम उपाय हो ।
यो फुलले एक किसिमको एन्टीबायोटिकको काम पनि गरेको हुन्छ ।
टाउको दुखाइलाई पनि यसको प्रयोगले निकै आराम मिल्छ।
किड्नीमा स्टोन हुनबाट बचाउछ ।
मुटु र मुटु सम्बन्धी समस्या निदानका लागि उपयोगी फुल ।
खोकी,दम र धम्कीको रोगिका लागि राम्रो दबाइ मानिन्छ पथ्थरको फुल ।
फंगल र ब्याक्टेरियासँग लड्न सधैं मद्त पुर्याइ रहेको हुन्छ ।
गोडा मसला भनेर चिनिने यो फुलको धुलो तामिलनाडुको चेटिनाड कुजिनको अभिन्न अंग हो ।
बिर्यानी र कबाबका पारखीहरुका लागि यो फङगी मसला एक अभिन्न मसला हो ।
योनी कैन्डिडिआसिसको सक्रमण हुनेका लागि उपयोगी औषधीको रुपमा यो फुललाई लिन सकिन्छ ।
यौन कृयाकलापमा कमजोर र विकनेस हुनेका लागि पनि उपयोगी ।
यो मसलाले खाना पचाउन पनि निकै हद सम्म सहयोगी साबित छ ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...