Thursday 9th October 2025

बाल गीत – बालोरी -हरि शर्मा (गलकोटे कवि)


अङ्ग्रेजीमा कविता!
लेख्ने मन छैन त ?
रसियन भाषामा!
उल्था पनि हुनेछ ।१।????

इक्षा यदि भएमा!
लेख्न मन लागेमा!
खबर यो मिलेमा!
नाम दिने चाहना ।२।????

लेख लेख साथी हो!
सुनौलो यो मौका हो!
सँधै किन आउला!
लेख्न कहाँ पाउँला।३।????

मौका मिल्यो यसरी!
कनिकुथी बेसरी!
लेखिहाल कविता!
अनी पढ सुस्तरी।४।????

अनुरोध गरेको!
जस्तो तस्तो लेखे भो!
किन पछि हटेको ?
जान जाने छैन भो ।५।????

म त हरि शर्मा हो!
गलकोट जन्मेको!
ऐले बस्छु अम्रिका!
मिशिगन राज्य हो ।६।????

नेपालीमा कविता !
थुप्रै भए अब त !
कनिकुथी गर्दैछु !
अङ्ग्रेजीमा लेख्दैछु।७।????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...