Sunday 22nd March 2026

गीति कविता -हरि शर्मा (गलकोटे कवि)


दुई शुन्य भएको, कस्तो रैछ वर्ष यो
दु:ख मात्र मौलायो, सुख कता बिलायो
बोकी ल्यायो कोरोना,थुनी छाड्यो घरमा
राम राम मुखमा, ईश्वरको भरमा <१>???

कुरा किन दु:खको, दु:ख मात्र बढेको
सबै मिली रमाऊँ, कुरा गरौँ हर्षको
के भएको होला खै, औषधी खै ? त्यतिक्कै
आयो खोप भनेका, झुटो बोल्या रैछ्न् है ?<२>???

अर्को साल के हुन्छ, बाँचिन्छ कि मरिन्छ
यो साल त बेसरी, मरी-मरी हाँसिन्छ
गित पनि गाइन्छ, कविता नि लेखिन्छ
सुसेलीमा रमाइँ, दु:ख सबै पोखिन्छ । <३>???

कोरोनाको कहर, सुसेलीको रहर
गजल खै लेखिन, नजानेर बहर
विकसोम शहर, नेपालीको लहर
चासो कोही नदिँदा, त्यसै मर्‍यो रहर । <४>???

दु:ख कष्ट कहर, नहुने त को छ र ?
चिन्त्ता लिनु बेकार । चोला हाम्रो नश्वर
जीवनको के भर ? कोरोनाको के डर ?
म त कत्ति नडरी, नाच्छु भाँच्दै कम्मर ।<५>???

बाहिर जान बन्द छ, खुलेको छ कतै त
ढुक्क बसौँ घरमा, होऔँ सबै निश्चिन्त
घर बस सबिता, लेख बरु कविता
होला तिम्रो भलाई, ज्ञान छर्ने सविता । <६>???

फेसबुक चलाऊ, साथीहरु बढाऊ
टिकटक पढाऊ, तरकारी डढाऊ
माया प्रेम बढाऊ, चिन्ता टाढा भगाऊ
अन्त मन लगाऊ, कोरोना न मगाऊ । <७>???

मुख छोप्ने मोहोलो, कोरोनाको दोहोलो
लगाऊ त भनेको, छोरो हाल्यो कोहोलो
मान्छे लाग्छ बाघ झैँ, बन डढाउने आगो झैँ
हान्ने गोरे राँगा झैं, छैन भर पटक्कै ।<८>???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...