Thursday 1st January 2026

मोहनी – मारुनी छन्द -हरि शर्मा (गलकोटे कवि)


फेसबूक मोहनी लगायो।
मोहनीले बेहोस बनायो।
टुनामुना कसले गरेको।
सत्यानास यसले पारेको ।१।???

लौन राम्ररी खुटाईदेउ ।
मोहनी पनि फुकाईदेउ ।
फेस्बूकमा बसाई लम्बियो।
समयको शिकारी बन्दियो ।२।???

उम्कने जुक्ति सिकाईदेउ।
बस्ने समय टिकाईदेउ ।
दुई चोटी भ्रमण दिनमा ।
गर्छु फेसबूक शहरको।३।???

रातिमा नि अनौठो सपना ।
देख्छु लाईक र शेयरको ।
भोक तिर्खा चोरेरै लिएको।
पागल नै बनाई दिएको।४।???

फेसबूके नशाले मतायो।
साढेसात दशाले सतायो ।
झट्ट उपाय सिकाईदेउ ।
काममा मन लगाईदेउ ।५।???

फेसबूके डाँकु बेईमानी।
समय चोर्ने यो हरामी ।
घनिष्ठ मित्रता बढाऊ ।
बेकामे मित्रता हटाऊ ।६।???

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...