Thursday 9th October 2025

एकता – गीति कविता (सुसेली)


<<१>>
आऊ साथी हो
एकताको अव्हान
गरेँ मैले यो।????

<<२>>
एक्लो बिलायो
सय थुकी नदी भो
कुरा सत्य हो ।????

<<३>>
हेरौँ बेसरी
कमिला र माहुरी
जुट्छन् कसरी।????

<<४>>
भुलौ बिगत
भ्रम थियो फगत
बुझौँ अब त।????

<<५>>
बर्तमानमा
थोरै थोरै सिक्ने हो
छिन छिनमा।????

<<६>>
कबै सकिन्न
सबै कुरा सिकेर
एकै दिनमा ।????

<<७>>
सबै उस्तै हो
सबै पोख्त कहाँ छ?
यो लोकमा । ????

<<८>>
गौरीशंकर
धेरै अग्लो देखेर
अरु नडर । ????

<<९>>
किन छाड्छ र ?
भ्यागुताले टर्टर
बास्दा कोइली ।????

<< १० >>
कालिदासले
धेरै लेख्दा कविता
छाड्ने अरुले ? ????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा…

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

प्रतिकृयाहरू
...