Sunday 22nd March 2026

एकता – गीति कविता (सुसेली)


<<१>>
आऊ साथी हो
एकताको अव्हान
गरेँ मैले यो।????

<<२>>
एक्लो बिलायो
सय थुकी नदी भो
कुरा सत्य हो ।????

<<३>>
हेरौँ बेसरी
कमिला र माहुरी
जुट्छन् कसरी।????

<<४>>
भुलौ बिगत
भ्रम थियो फगत
बुझौँ अब त।????

<<५>>
बर्तमानमा
थोरै थोरै सिक्ने हो
छिन छिनमा।????

<<६>>
कबै सकिन्न
सबै कुरा सिकेर
एकै दिनमा ।????

<<७>>
सबै उस्तै हो
सबै पोख्त कहाँ छ?
यो लोकमा । ????

<<८>>
गौरीशंकर
धेरै अग्लो देखेर
अरु नडर । ????

<<९>>
किन छाड्छ र ?
भ्यागुताले टर्टर
बास्दा कोइली ।????

<< १० >>
कालिदासले
धेरै लेख्दा कविता
छाड्ने अरुले ? ????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...